काठमाडौं। विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच १७ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो।
यस परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी, सुरक्षालाई अभिवृद्धि गर्नुका साथै सडक सञ्जाल व्यवस्थापन गर्ने बताइएको छ। सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्नेछ। सुदूरपश्चिम, कणर्ाली र मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीहरुको उपस्थितिमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयोजनाको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले उक्त परियोजनाले दिगो पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४ सय किलोमिटर र ७ सय किलोमिटर अवस्थित प्रादेशिक सडक र पुलहरूको मर्मतसम्भार हुने बताइएको छ। तीन चरणको आयोजनामध्ये पहिलो चरण सुदूरपश्चिम, कणर्ाली र मधेश प्रदेशका साथै १३ नगरपालिकामा कार्यान्वयन गरिने शहरी बिकास मन्त्रालयले जनाएको छ।
कार्यक्रममा आयोजना कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार सुदूरपश्चिम, कणर्ाली र मधेस प्रदेश सरकारबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


