Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटवार्ता गर्दै


ग्लोबल पाना
शुक्रबार, मंसिर ७ २०८१
  • 174
    SHARES

  • images
    भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटवार्ता गर्दै

    काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    बुधबार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसअघि उनले रक्षामन्त्री मानवीर राईसँग भेट गनर्नेछन्।

    द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

    त्यसपछि उनले बिहीबार नै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए। उनलाई सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ