Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एमालेको राजधानीमा शक्ति प्रदर्शन


ग्लोबल पाना
शुक्रबार, मंसिर ७ २०८१
  • 352
    SHARES

  • images
    एमालेको राजधानीमा शक्ति प्रदर्शन

    काठमाडौं। नेकपा एमालेले आज राजधानीमा जनप्रदर्शन गरेकाे छ। भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत भएकाे छ। एमालेको जागरणसभाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ।

    images
    images
    images

    एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभाको कार्यक्रम हुँदैछ। कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। एमालेले शक्ति प्रदर्शन गर्न लागेको कार्यक्रमलाई ‘जनसभा’को संज्ञा दिएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरुक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए।

    ‘शुक्रबारको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ, यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो,’ गौतमले भने। जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको उनले बताए ।

    ‘त्यसका लागि काठमाडौं, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसंठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ, शुक्रबारचाहिँ लक्षित ५०औं हजार मानिसलाई सडकमा उतार्नेगरी कार्ययोजना अगाडि बढाएका छौं,’ उनले भने । उनले पुतलीसडक र लैनचौर मार्ग खुला रहनेगरी दरबारमार्गमा सभा हुने बताए।

    उनले भने, ‘दुवैतिरका सडकहरू, पुतलीसडक, उता लैनचौर मार्गचाहिँ खुला गर्नेगरी दरबारमार्गमा कम ट्राफिकिङ हुने भन्ने कुरा पार्टीको स्थानीय जनता, साथीभाइको सुझावसमेत ध्यानमा राखेर भद्रकालीमा ११ः३० बजे भेला भएर वीर अस्पताल हुँदै दरबारमार्गमा भेला हुने र कार्यक्रम गर्ने हो ।’ उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए।

    विधिको शासन र कानुनी राजको पक्षमा एमाले दृढतापूर्वक उभिँदै आएको बताउँदै उनले कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने विषयमा समेत जनसभाले सन्देश दिने बताए। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्ने बताइएको छ।

    सरकारको नेतृत्व गरेको दल र स्वयम् प्रधानमन्त्री नै सडकमा शक्ति प्रदर्शनमा उत्रिएपछि आलोचनासमेत भइरहेको छ । विपक्षी दलका नेता कार्यकर्तादेखि समाजिक सञ्जालमा सत्तारूढ दलले नै सडकमा शक्ति प्रदर्शन गर्न नहुने भन्दै आलोचना भइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ