Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको महत्त्वपूर्ण भुमिका : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
शनिबार, मंसिर ८ २०८१
  • 193
    SHARES

  • images
    मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको महत्त्वपूर्ण भुमिका : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उप-प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

    images
    images
    images

    कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राखेका छन् ।

    उनले कृषि विकास बैंक निजी क्षेत्रका बैंक भन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गरे । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दा बढी जिम्मेवारी रहेको बताउनुभयो । बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उनले सुझाव दिए ।

    ‘कृषि विकास बैंकले जनताको सेवामा निरन्तर योगदान दिँदै आएको छ’, उनले भने, ‘सेवामा खटिने कर्मचारीको समस्या सुल्झाएर बैंक बलियो बनाउन तर्फ लाग्नुपर्छ ।’ नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलन पश्चात् कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्ने बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थ मन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गरे ।

    कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ