Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका तय, मंसिर १८ मा सी जिनपिङसँग भेट


ग्लोबल पाना
बुधबार, मंसिर १२ २०८१
  • 230
    SHARES

  • images
    प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका तय, मंसिर १८ मा सी जिनपिङसँग भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिरबाट गर्ने भनिएको चीन भ्रमणको तालिका तय भएको छ। तालिका अनुसार ओलीले बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने छन्। १७ मंसिरमा चीन प्रस्थान गर्दै प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ताहरूबीच प्रधानमन्त्री नेतृत्वको टोलीको भेट हुने परराष्ट्र स्रोतले जनाएको छ। १९ मंसिरमा नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्।

    प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किने गरी भ्रमणको तयारी भइरहेको बताइएको छ। भ्रमणको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्ने छिन्। प्रधानमन्त्रीको चीन भ्रमणको आधिकारिक घोषणा भने हुन बाँकि छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ