Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ति


ग्लोबल पाना
बुधबार, मंसिर १२ २०८१
  • 220
    SHARES

  • images
    राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुन्छ : ओनसरी घर्ति

    काठमाडौं । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन् ।

    images
    images
    images

    ‘महिला हिंसा विरुद्घ म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मांनसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाँई गरेर हार मान्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘स्थानिय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिीति छ भनेर हरेक पुरुष साथिले भाषण गर्नुहुन्छ , राजनीतिमा महिलाहरुलाई शारीरिक भन्दा पनि मांनसिक हिंसा धेरै हुन्छ ।

    त्यो मांनसिक हिंसा हुँदाखेरी हामीले हार खानु हुन्न । हामीले निरन्तर लडाँइ गर्नुपर्छ । हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन् । सबैभन्दा मुख्य कुरा राजनीति हो ।

    सबै कुराको कमाण्ड राजनीतिले गर्छ । ’ साथै उनले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन् । महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ