Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नवनियुक्त ३ जना नायव महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 162
    SHARES

  • images
    नवनियुक्त ३ जना नायव महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

    काठमाडौं। नेपाल प्रहरीका प्राविधिकतर्फका तीन जना नायव महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। मंसिर ११ गतेको गृहमन्त्रीस्तरको निणर्यअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका तीन जना नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको हो ।

    images
    images
    images

    बुधबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधक प्रहरी नायव महानिरीक्षकहरूमा डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) रहेका छन्।

    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

    राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको उनले व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ