Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

चुरियामाई उकालोमा मोबिल बोकेको कन्टेनर पल्टियो, सडक पूणर्रुपमा अवरुद्ध


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 167
    SHARES

  • images
    चुरियामाई उकालोमा मोबिल बोकेको कन्टेनर पल्टियो, सडक पूणर्रुपमा अवरुद्ध

    हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईको उकालोमा प्रदेश-२-०३-००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूणर्रुपमा अवरुद्ध भएको छ।

    images
    images
    images

    मोबिल बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको कन्टेनर सडकमै पल्टिएपछि बाटो पूणर्रुपमा अवरुद्ध बनेको हो। सडक पूर्व अवरुद्ध हुँदा दर्जनौंको संख्यामा साना-ठूला सवारी गन्तव्यमा पुग्नबाट बन्चित भएका छन्। सवारीको ठूलो जाम देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका-६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको र उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ