Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात


ग्लोबल पाना
बिहीबार , मंसिर १३ २०८१
  • 300
    SHARES

  • images
    काठमाडौं महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

    काठमाडौं । मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठलाख रुपैंयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले छापा मारेको छ । बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले  छापा मारेको हो ।

    images
    images
    images

    छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि  मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए । उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए ।


    साथै  उनले  सम्झौता गरेर राखेका व्यासायीहरुको व्यवसाय दर्ता, नविकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरु आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौंता भएको बताए ।

    उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदोरहेछ । हामीले मागेका कागजातसहित अर्थात खासगरी व्यवसाय गरेकाहरुसँग सम्झौता गरेर राखेका दर्ता, नविकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूणर् रसिद वा डकुमेण्ट लिएर सोमबार आधिकारिक व्यक्ति हामीकहाँ आउनुहुनेछ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ