पोखरा । नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखरा २६ स्थित श्री सृजना बहिरा आवासिय मा बि मा जलबायु परिबर्तन सम्बन्धि छलफल तथा अन्तरक्रीया सहित अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले जलवायु परिबर्तनका कारण समग्र पृथ्वी न खतरामा परेको दिनानुदिन बढ्दो प्रदूषण नियन्त्रण गर्न सबै क्षेत्रका ब्यक्ती सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । पौडेलले अभिमुखिकरण मार्फत बिद्यार्थिहरूमा चेतना जगाउन कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ, प्रधानाध्यापक सुनिल कुमार भण्डारी, नेपाल स्काउट गण्डकीका सुशासन तथा बित्त आयुक्त गङ्गाधर बराल, स्काउट गण्डकीका कार्यकारी समिति सदस्य अनिता राई, स्काउट गण्डकीका सदस्य सचिब बिजय पौडेल सहितले जलवायु परिबर्तन न्यूनीकरण बिषयमा आ आफ्नो भनाइ राख्नुभएको थियो। नेपाल स्काउट गण्डकी प्रदेसका सभापति सागर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


