Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

औद्योगिकरणमा फड्को मार्न सकिएन : अर्थमन्त्री पौडेल


ग्लोबल पाना
शनिबार, मंसिर १५ २०८१
  • 225
    SHARES

  • images
    औद्योगिकरणमा फड्को मार्न सकिएन : अर्थमन्त्री पौडेल

    रूपन्देही । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले औद्योगिकरणमा फड्को मार्न नसकेको बताएका छन्। शनिबार बुटवलमा आयाेजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगिकरणमा फडको मार्न नसक्नु कमजोरी भएको स्वीकार्दै अब तीब्र गतिमा औद्योगिकरणमा जानुपर्ने बताए।

    images
    images
    images

    सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसंग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै पौडेलले स्थानीयले जोतभोग गरिरहेको र वस्ती रहेको क्षेत्र छाडेर भएपनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताए। औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गा जग्गाको भागाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा ल्याएको थियो।

    तर वर्षौंदेखि बसोबास गर्दै आएको र जोतभोग गरिरहेको करिब तीन सय बिघा जग्गामा समेत औद्योगिक क्षेत्र बनाउन खोजिएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेर विरोध गरेका थिए। स्थानीयको विरोधका बीच शिलान्याश भएको तीन वर्षसम्म पनि औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन। ‘अब ढिला नगरी विवाद नभएको जग्गा उद्योगीहरुलाई दिएर औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी छ,’अर्थमन्त्री पौडेलले भने, ‘औद्योगिक क्षेत्रहहरु निर्माण र सञ्चालनले उत्पादन बढाएर तथा रोजगारी सिर्जना गरेर मात्रै देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ।’

    अहिलेको सरकार २०८४ को चुनावसम्म नढल्ने दावी गर्दै अर्थमन्त्री पौडेलले उद्योगीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। अहिलेको जस्तो स्थिर सरकार अहिलेको संसदको अंकगणितले दिन नसक्ने भएकाले यसको लाभ उद्योगी व्यवसायीले लिन सक्नुपर्ने पौडेलले सुझाए। सरकारले अर्थतन्त्र सुधारका लागि विज्ञहरुको आयोग बनाएर उनीहरुका सुझावका आधारमा अघि बढेको र आउने नीति तथा कार्यक्रम र बजेटमा त्यसको प्रतिफल देखिने बताए।

    ‘आर्थिक सुधार सुझाब आयोग र निजी क्षेत्रको सुझावका आधारमा नीति कार्यक्रम र बजेट बन्छ, हामी सरकारमा आउँदा अर्थतन्त्रमा समस्याका चाङ थिए,राजस्व चुहावटका बेथिति थिए ती सबै क्रमशः सुधार गर्ने दिशामा सरकार छ,’उनले भने। उनले निजी क्षेत्रको आत्मबल नबढाई अर्थतन्त्रमा सुधार नहुने बताए। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल सञ्चालनका लागि समिति बनाइएको र कार्यविधी बनाएर छिटै सञ्चालनमा ल्याउने उनले बताए।

    ट्रंकलाइनको बक्यौता विवाद समाधान गर्न विद्युत प्राधिकरणले खपत गरेको विद्युतको दिल दिनुपर्ने र उद्योगीले बिल अनुसार भुक्तानी गर्नु वाहेक अरु विकल्प नभएको अर्थमन्त्रीले स्पष्ट पारे। उनले गौतमबुद्ध विमानस्थल राम्रोसंग चल्ने दावी गर्दै आईएलएस प्रविधीको विकल्पमा अरु प्रविधि ल्याएर भएपनि चलाउने बताए।

    अर्थमन्त्री पौडेलले विमानस्थल चल्दैन भनेर नबोल्न र नलेख्न निर्देनात्मक शैलीमा आग्रह गरे। ‘विगतमा बन्दैन भन्थे, बनेपछि चल्दैन भन्छन् तर राम्ररी चल्छ, विदेशमा पनि बन्ने वित्तिकै विमानस्थल नचलेका उदाहरण छन्,’उनले भने,‘त्यसैले विमानस्थल चल्दैन भनेर कसैले पनि लेख्ने होइन, बोल्ने होइन।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ