Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

लैङ्गिक हिंसा विरुद्ध आफन्त नेपालको सडक नाटक प्रदर्शन


ग्लोबल पाना
आइतबार, मंसिर १६ २०८१
  • 406
    SHARES

  • images
    लैङ्गिक हिंसा विरुद्ध आफन्त नेपालको सडक नाटक प्रदर्शन

    ललितपुर। 'लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता' भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पाँचौं दिन शुक्रबार आफन्त नेपालद्वारा आयोजित चेतनामूलक कार्यक्रम ललितपुरको नखिपोटमा सम्पन्न भएको छ।

    images
    images
    images

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यमा विगत १८ वर्षदेखि क्रियाशील आफन्त नेपालले ललितपुर महानगरपालिका वडा नं. १४, जिल्ला प्रहरी परिसर जावलाखेल, र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा प्रभातफेरी तथा सडक नाटक प्रदर्शन गरेको हो। कार्यक्रमको अध्यक्षता ललितपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष अमृत जंग महतले गर्नुभएको थियो भने प्रमुख अतिथि ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल हुनुहुन्थ्यो।

    विशेष अतिथिमा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सहायक निर्देशक भूमि प्रसाद पाठक लगायतको उपस्थिति थियो।

    कार्यक्रममा आफन्त नेपालका अध्यक्ष मोहन चम्लागाईं र कार्यकारी निर्देशक एलिसन पाण्डेसहित स्थानीय वडा सदस्य, महिला स्वयंसेविका, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायत करिब ५०० जनाको सहभागिता रहेको थियो।

    प्रमुख अतिथि र अन्य वक्ताहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट ऐक्यवद्धता आवश्यक रहेकोमा जोड दिनुहुँदै यस अभियानले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा आफन्त नेपालले प्रस्तुत गरेको चेतनामूलक सडक नाटकले लैङ्गिक हिंसा र मानव बेचबिखनको अन्त्यका लागि व्यक्तिगत स्तरबाटै पहल गर्नुपर्ने सन्देश दिएको थियो।

    कार्यक्रमका दौरान कार्यकारी निर्देशक एलिसन पाण्डेले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जिल्लाहरूमा स्थानीय सरकार तथा संघसंस्थासँगको सहकार्यमा सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नमा स्थानीय समुदायको सहभागिता उल्लेखनीय रह्यो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ