Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

चक्रपथ सरसफाइ महा अभियानको ४००औं हप्ता पुरा, सफाई अभियन्ता सम्मान


ग्लोबल पाना
आइतबार, मंसिर १६ २०८१
  • 222
    SHARES

  • images
    चक्रपथ सरसफाइ महा अभियानको ४००औं हप्ता पुरा, सफाई अभियन्ता सम्मान

    काठमाडौं । चक्रपथ सरसफाइ महा अभियानको ४००औं हप्ता पुरा भएको अवसरमा सफाई अभियन्ता सम्मान,बृहत रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । ब्लोदान काठमाडौं मध्यक्षेत्र संगको सहकार्यमा ग्रीन सिटी हस्पिटले आयोजना गरेको रक्तदान कार्यक्रम समेत सफल भएको संयोजक लोक बहादुर टन्डनले बताउनु भयो ।

    images
    images
    images

    काठमाडौंमा सन्चालन भएका हरेक रक्तदान कार्यक्रममा ५० प्रिन्ट रगत जम्माहुन मुस्किल भएकौ अवस्थामा यो कार्यक्रममा १५१ प्रिन्ट रगत जम्मा भएको छ । २०७४ साल बैसाख २ गतेबाट शुरु भएको अभियान ४०० हप्ता पुरा भएको छ ।

    युवा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व ग्रीन सिटी हस्पिटलका अध्यक्ष एवं चक्रपथ सरसफाइका संयोजक लोक बहादुर टण्डनले गर्नु भएको थियो । कार्यक्रम सन्चालन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीले गर्नु भएको थियो ।

    यो कार्यक्रमलाई ग्रीन सिटी हस्पिटल र रोटरी क्लबअफ काठमाडौं डाउनटाउनले आयोजना गरेको हो भने सह आयोजकको रुपमा ब्लोदान काठमाडौं मध्यक्षेत्र रहेको थियो । ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष आर.बि.ठकुरीले रक्तदान कार्यक्रमको संयोजन गर्नु भएको थियो ।

    कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेल, टोखा नगरपालिकाक प्रमुख प्रकाश अधिकारी, ग्रील तथा स्टील ब्यवसायी महासंघका उपाध्यक्ष रुपेन्द्र बानिया,ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य लागायका टिम , रोटरी क्लब अफ डाउनटाउन का टिम,काठमाडौं उपत्यकामा सन्चालित बिभिन्न सफाइ अभियानका संयोजक र अभियन्ताहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा सशश्त्र प्रहरी बल ९ नम्बर बाहिनी र नेपाल प्रहरी को समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै संयोजक लोक बहादुर टण्डनले यो अभियान लाई यहाँ सम्म ल्याउन साथ र सहयोग दिनु हुने सबैलाई आभार व्यक्त गर्नु भएको थियो भने शुरुका दिनहरुमा अभियानले डोजर लगाएर फोहरका थुप्रा उठाउनु परेको अवस्थाको समेत स्मरण गराउनु भएको थियो ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि ज्ञानेन्द्र शाहीले राजनिति र सामाजिक अभियान एक अर्कामा परिपुरक भएकोले यसको तालमेल मिलाउन आवश्यक रहेको बताउनु भयो । सामाजिक अभियानहरुले समाजलाई सचेत गराउने र राजनैतिक अभियान ले समाजलाई परिर्वतन गराउने भएकोले सामाजिक अभियान बाटै आफु राजनितिमा प्रवेश गरेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा बोल्ने अभियन्ताहरुले अब सडकको फोहरहरु टिपेर बस्नु पर्ने अवस्था नभएकोले अभियान घर घर र टोलटोलमा चलाउनु पर्ने आवश्यकता भएको बताउनु भएको थियो ।

    कार्यक्रममा सफाई अभियानमा सक्रिय संस्था सम्मान अन्तगर्त नेप्सेम्याक सेवा प्रा.लि. हिमालयन वातावरण सेवा प्रा.लि. स्वच्छ समाज सुधार बिकास केन्द्र बिनायक फोहरमैला व्यवस्थापन प्रा.लि. फुलबारी सेवा प्रा.लि. परिवर्तन सेवा प्रा.लि. ग्रीनसिटी सेनिटेशन प्रा.लि. यती हेल्थ साईन्स एकेडमी बागमती सफाइ महाअभियान बिष्णुमती सरसफाइ महा अभियान रुद्रमती सरसफाइ अभियान चक्रपथ सरसफाइ अभियान २०७१ मनोहरा सरसफाइ अभियान माथिल्लो बागमती सफाई अभियान राष्ट्रको लागि २ घण्टा, हनुमन्ते सफाइ अभियान बागमतीको सुन्दरीघाट सरसफाइ अभियान लाई सम्मान गरिएको थियो भने सक्रिय अभियन्ता सम्मान अन्तर्गत जित बहादुर हमाल पुण्य रत्न बज्राचार्य तिलक बस्नेत रेणुका गुरुङ लिला खनाल यशोदा बुढाथोकी (खत्री) शम्भु उप्रेती अर्जुन घिमिरे (पाँडे) सैलेश ठकुरी उत्तम घिमिरे सिताराम लामिछाने गोपाल थापा तोयानाथ पौडेल ओम बिकास निरौला सुन्दर खनाल मिना चन्द ठकुरी माया थापा डि.बि. पराजुली लाई सम्मान गरिएको थियो ।

    त्यस्तै कार्यक्रमा स्वयं सेवकको भुमिका निर्वाह गर्ने लक्ष्मी बस्नेत स्नेहा पराजुली दिपिका खनाल दुर्गा ओझा न्यौपाने एजिना न्यौपाने शुभद्रा भुर्तेल खनाल कोपिला तामाङ रमेश पण्डित लाई समेत प्रसंशा पत्र प्रदान गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ