Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कोपिला नेपालको यातना पिडितका सवालमा अन्तरक्रिया


ग्लोबल पाना
आइतबार, मंसिर १६ २०८१
  • 207
    SHARES

  • images
    कोपिला नेपालको यातना पिडितका सवालमा अन्तरक्रिया

    पोखरा । कोपिला नेपालको आयोजनामा यातना पिडितका सबालमा सरोकारवालाहरूको भुमिका बिषयक जिल्ला स्तरिय अन्तरक्रीया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

    images
    images
    images

    पौडेलले यातना पिडितहरूका समस्या सम्बोधन गर्न राज्य का निकाय उदाशिन हुन नहुने भन्दै उनीहरुको पुनर्स्थापना र सहयोगमा तिनै तहका राज्यका निकायहरूलाई नीति तथा कार्यक्रम तयार गर्न अनुरोध गर्नुभयो । सरोकारका बिषयमा भएका कानुनी र ब्यबहारिक जटिलता तत्काल सम्बोधन गरेर इमान्दारीताका साथ सबै लाग्नु पर्ने पौडेलको भनाइ थियो।

    प्रमुख पौडेलले यातना पिडितका मानसिक समस्यालाई उपचार गर्ने सन्दर्भमा आफुले विभिन्न तहका सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै गण्डकी प्रदेशमा सुबिधा सम्पन्न अस्पताल बनाउन गत आर्थिक बर्षमा जिल्ला सभा मार्फत पालिकाहरू सहित प्रदेश र संघ सरकारलाई आग्रह गरिएको बताउनुभयो । यातना पीडित महिला तथा बालबालिकाहरूको पुनर्स्थापनाका लागि पोखरा महानगर वडा न ३३ को आमाचौरमा निर्माणाधिन पुनर्स्थापना केन्द्र अलपत्र परेको उल्लेख गर्नुभयो ।

    राज्यको करोडौं रुपैयाँ खर्च भैसकेको उक्त केन्द्र संचालन गर्न जिल्ला समन्वय समितिबाट पटक पटक प्रदेश सरकार र पोखरा महानगरको ध्यानाकर्षण गरायौं तर तीन बर्ष देखि बिनियोजित बजेट समेत उपयोग हुन सकेन पौडेलले उल्लेख गर्नुभयो । उक्त पुनर्स्थापना केन्द्र तत्काल संचालनको बाताबरण बनाउनेतर्फ केन्द्रीत हुन पौडेलले आग्रह गर्नुभयो ।

    कार्यक्रममा यातना पिडित समाज गण्डकी प्रदेशका उपाध्यक्ष भरतमणी भट्टराईले आफुहरूका सरोकारका बिषयमा सरकार थप गम्भीर र जवाफदेही हुनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, स्वास्थ कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपाली, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा , इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल ,राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखराका अधिकृत टंक खनाल, पोखरा महानगर पालिकाका बालकल्याण अधिकारी बेलकुमारी गुरुङ सहितले आ- आफ्नो भनाइ राख्नुभएको थियो।

    यातना पीडित समाज कास्कीका अध्यक्ष जयकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने संचालन कोपिला नेपालका कार्यक्रम संयोजक तिर्थ थापाले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ