Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

फेस अफ क्लासिक डाइमन्ड २०२४ को विजेता घोषणा


ग्लोबल पाना
सोमबार, मंसिर १७ २०८१
  • 223
    SHARES

  • images
    फेस अफ क्लासिक डाइमन्ड २०२४ को विजेता घोषणा

    काठमाडौं। नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ। हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूणर्िका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को विजेता घोषित भएकी छन्। फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन्। स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् भने सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन्।

    images
    images
    images

    विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्नेछन्। फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन्। क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना हुनेछ। सोही कार्यक्रममा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ।

    देशभरका विभिन्न क्षेत्रबाट अडिसनमार्फत छानिएका २६ मोडललाई करिब एक महिना तालिम दिएर प्रतियोगितामा सहभागी गराइएको थियो। उनीहरूमध्ये उत्कृष्ट पाँचलाई फाइनलका लागि छनोट गरी विजेताहरू घोषणा गरिएको हो।

    प्रतियोगिताको निणर्ायक प्यानलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा, पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल र कोरियोग्राफर रेहान शाह रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी रेहान शाहले गरेका थिए।

    क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनका अनुसार यो प्रतियोगिता नेपालका फेशन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा भित्र्याउन र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन योगदान पुर्‍याउँदै आएको छ। यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लाम, र मुना गौचनजस्ता प्रतिभाहरूले यो प्रतियोगिताबाट आफ्नो करियरलाई उच्च स्थानमा पुर्‍याएका थिए।

    प्रतियोगिताले नेपाली मोडलिङ क्षेत्रलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउने उद्देश्य राखेको आयोजकले बताएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ