Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

“केपीए वेडिङ फोटो अवार्ड २०२४” आयोजना गर्दै काठमाडौँ फोटोग्राफर संघ


ग्लोबल पाना
सोमबार, मंसिर १७ २०८१
  • 228
    SHARES

  • images
    “केपीए वेडिङ फोटो अवार्ड २०२४”  आयोजना गर्दै काठमाडौँ फोटोग्राफर संघ

    काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले “केपीए वेडिङ फोटो अवार्ड २०२४” गर्ने भएको छ । देशैभरका फोटो ग्राफरहरुलाई लक्षित गरि आयोजना गरिएको यो अवार्डमा फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् ।

    images
    images
    images

    विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन् । यहि मंसिर ३० गते सम्म आएका फोटो तथा भिडियो हरुलाई उत्कृष्टताको आधारमा अवार्ड वितरण गरिने आयोजक पक्षले जानकारी दिएको छ ।

    २०८१ पौष १२ गते राष्ट्रिय नाचघर जमलमा विशेष कार्यक्रम बिच बिजेतालाई अवार्ड वितरण गरिने छ । नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।

    अवार्डका लागि नेपालभरका फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि www.kpa.org.np मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

    अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ