Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा आयोजित लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न


ग्लोबल पाना
मंगलबार, मंसिर १८ २०८१
  • 187
    SHARES

  • images
    सिटिजन लाइफ वीमेन्स फोरमद्वारा आयोजित लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    अहिले विश्वव्यापी रुपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै मिति २०८१/०८/१४, शूक्रबारको दिन कम्पनीकोे प्रधान कार्यालयमा “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता” को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रुपमा राष्ट्रिय महिला आयोगकी सचिव श्री पार्वती अर्याल ज्यूको उपस्थिती रहेको थियो । अर्याल ज्यूले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यवसायिक संस्थाहरुले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रुपमा प्रशिक्षित गर्नुभयो ।

    उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता भएर काम गर्न अर्याल ज्यूले प्रोत्साहन समेत गर्नूभयो । उक्त कार्यक्रममा अर्याल ज्यूले, लैङ्गिक हिंसा महिलाहरु माथि मात्र नभइ पुरुषहरुमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रुपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिनु भयो ।

    फोरमको संयोजक श्री रिता पाठक ज्यूले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गर्नूभयो र फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताउनु भयो । कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत श्री दिप बहादुर वि.सी. ज्यूले सूरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गर्नूभयो ।

    यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई  सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को  सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ