Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल र चीन बीच भएका समझदारी


ग्लोबल पाना
मंगलबार, मंसिर १८ २०८१
  • 182
    SHARES

  • images
    नेपाल र चीन बीच भएका समझदारी

    काठमाडौं। नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। गत सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    images
    images
    images

    चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको बेइजिङबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। ‘नेपाल र चीनविचमा आज ९ वटा समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ,’ उनले भने।

    “खासगरी द्विपक्षीय वार्ता सम्पन्न भइसकेपछि नेपाल र चीन बीचमा ९ वटा महत्त्वपूणर् सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ,” चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने। उनका अनुसार टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, ९ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल रहेको छ।

    साथै, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र तथा नेपाल टेलिभिजन र चाइना मिडियाबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए।

    ‘प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आज अत्यन्त सौहार्दपूणर् रूपमा द्विपक्षीय वार्ता सम्पन्न भयो। यो वार्तामा द्विपक्षीय हितका विविध पक्षमा विस्तृत रूपमा छलफल भएको छ,’ समझदारी र सम्झौता पछि प्रवक्ता ढकालले बेइजिङमा सञ्चारकर्मीसँग भने।

    द्विपक्षीय बैठकमा खासगरी कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता-जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो। ‘द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको छ,’ उनले भने।

    प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो। त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ।

    समझदारी र सहमतिमा उल्लेख भएका बुँदाहरूः

    -टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी

    -नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी

    -नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान

    -प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल

    -विकास निर्माणसम्बन्धी समझदारी पत्र

    -आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

    -नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान

    -स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी

    -एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ