Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने


ग्लोबल पाना
बुधबार, मंसिर १९ २०८१
  • 230
    SHARES

  • images
    प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

    काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल-चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने छन्। प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए।

    सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए। दुवै देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच ग्रेट हल अफ द पिपलमा वार्तापछि पारस्परिक सहयोग आदानप्रदानसम्बन्धी नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ