Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग


ग्लोबल पाना
बुधबार, मंसिर १९ २०८१
  • 348
    SHARES

  • images
    माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

    काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

    images
    images
    images

    प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गर्नुभएको थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि यूरोप र अष्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिनुभयो ।

    नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताउनुभयो । विगतमा टुटफुटलगायत विभिन्न कारणले कमजोर बन्न पुगेको माओवादी आन्दोलनमा पुनः जागरण सुरु भएको उल्लेख गर्दै उहाँले अहिले लाखौं युवाहरु प्रवासमा रहेकाले उनीहरुलाई संगठित गर्दै देशभित्रै फर्केर केही गर्नसक्ने वातावरणको सिर्जना गर्न पार्टीका प्रवास समितिहरु लाग्नुपर्ने बताउनुभयो ।

    देश सँधै एउटै अवस्थामा नरहने र विस्तारै युवाहरु बिदेशिनुपर्ने बाध्यता कम हुँदै जाने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डामा निरन्तर अघि बढ्ने बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ