Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

आशा लाग्दो शिक्षा बनाउने गृहकार्यमा छौं : शिक्षा मन्त्री भट्टराई


ग्लोबल पाना
बिहीबार , मंसिर २० २०८१
  • 195
    SHARES

  • images
    आशा लाग्दो शिक्षा बनाउने गृहकार्यमा छौं : शिक्षा मन्त्री भट्टराई

    पोखरा । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले सरकार आशा र भरोषा लाग्दो शिक्षा बनाउने गृहकार्यमा लागी परेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा देखिएका केही बिकृती र बिसङतीका कारण ब्याप्त निरासा अन्त्य गर्दै थप प्रभाबकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।

    images
    images
    images

    मन्त्री भट्टराईले नयाँ शिक्षा ऎनको निर्माण र त्यसको प्रभाबकारी कार्यान्वयन मार्फत सबै खाले बेतिथीको अन्त्य हुने दाबी गर्नुभयो । शिक्षा क्षेत्रमा गर्नु पर्ने धेरै कामका बिचमा नेपालको शिक्षा प्रती बिश्वास जगाउनेतर्फ लागि पर्नुपर्ने भन्दै गुणस्तरीय शिक्षाको शुरूवात गुणस्तरीय शिक्षकबाट शुरु हुने कारण शिक्षकहरूको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताउनुभयो।

    मन्त्री भट्टराईले सो कुरा पोखरा महानगर पालिका वडा न १ स्थित राष्ट्रिय माध्यमिक बिद्यालयको हिरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्दै बताउनुभएको हो।

    बिद्यालय शिक्षा समग्र शिक्षाको जग र रास्ट्र निर्माणको महत्वपूर्ण आधार भएको हुँदा समृद्ध, जिबनोपयोगी शिक्षाका निम्ति सबै क्षेत्र, बर्ग र समुदायको सहयोग र समन्वय जरुरी भएको उहाँको भनाइ थियो।

    व्यवसायिक शिक्षा मार्फत नै गुणस्तरीय जीबनयापनको महत्त्वपूर्ण आधार खडा हुने सर्ब स्विकार्य बिषयलाइ प्राथमिकताका साथ अगाडि बढाउने भन्दै बर्षौदेखि ब्याप्त कमि कमजोरीहरूको पहिचान र निराकरणका लागि बिशिस्ट प्रारम्भिक योजनाका साथ मन्त्रालय अगाडी बढेको जनाउ दिनुभयो।

    राष्ट्रिय माध्यमिक बिद्यालयको हिरक जयन्तीका अबसरमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न महानुभाबहरू, शिक्षक ,बिद्यार्थिहरूलाइ मन्त्री भट्टराईले सम्मान गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ