Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी


ग्लोबल पाना
शुक्रबार, मंसिर २१ २०८१
  • 455
    SHARES

  • images
    एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी

    काठमाडौं । दिगो व्यवसाय प्रवद्र्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । योसाझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत्प रियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ ।

    images
    images
    images

    यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पुर्‍याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पुर्‍याउने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास रहेको छ । यसबारे बोल्दै एनआईएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेज्युले भन्नुभयो, “इलेक्ट्रो पावर कम्पनी लिमिटेडसँगको हाम्रो यो साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पुर्‍याउनेछ ।

    यो परियोजना प्राकृतिक विपत्तिका जोखिमलाई न्यून गर्दै ऊर्जा उत्पादनलाई अधिकतम बनाउन डिजाइन गरिएको छ जसले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्नेछ । यो लगानीले नेपालको स्वच्छ ऊर्जा सम्भावना उजागर गर्नुका साथै निजी क्षेत्रको लगानीलाई आकर्षित गरी देशको अर्थतन्त्र र भविष्य ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्नेमा हामी ढुक्क छौँ ।”

    इलेक्ट्रो पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक माधव प्रसाद मैनालीले पनि उत्साह प्रकट गर्दै भन्नुभयो, “यो साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिनुका साथै हाम्रो आत्मबल बढाउनेछ र जलविद्युत् परियोजनाको विकासलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्नेछ । यस किसिमका लगानीले नेपालको ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन, स्वच्छ ऊर्जा प्रवर्धन गर्न र देशको ऊर्जा लक्ष्यलाई सकारात्मक प्रभाव पार्नेछ ।”

    एनआईबीएल इक्विटी पार्टनर्स र इलेक्ट्रो पावर कम्पनी लिमिटेडबीचको यो साझेदारी नेपालको स्वच्छ ऊर्जा क्षेत्रमा बढ्दो गएको चासोलाई प्रस्ट बनाएको छ । यो सहयोगले ऊर्जाको माध्यमबाट देशको दीर्घकालीन दिगोपन र आर्थिक समृद्धिमा पनि योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ