पोखरा । जिल्ला समन्वय समितिको आयोजनामा कास्कीका गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा सम्पन्न भएको छ। दुई दिन सम्म चलेको सो समिक्षाको आइतबार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहजकर्ता र बिकासका सहायक साझेदार भएकाले थप घनि भुत एबम प्रभाबकारी ढंगले कार्य सम्पादनमा उत्रिन आग्रह गर्नुभयो। पौडेलले स्थानिय आबश्यकता र माग अनुरूप गैरसरकारी संस्थाका नीति, कार्यक्रम र बजेट निर्माण गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा आइतबार चिल्ड्रेन नेपाल,आइ एन एफ नेपाल, थ्री एन्जल्स ,कोपिला नेपाल, गोनेशा नेपाल, बालहितकारी परियोजना नेपाल, लिबर्ड, राइट फर चिल्ड्रेन, दयाको सेवा नेपाल, एस ओ एस बहिनी, असल छिमेकी, हिमालयन लाइफ नेपाल ले र सोमबार बाल कल्याण संघ, संगोल कास्की, शक्ति समुह, कोपिला नेपाल, पशु स्वास्थ तालिम तथा परामर्श सेवा, सिद्दार्थ क्लब, रेन्बो चिल्ड्रेन, सिउ इन नेपाल, बाल हेल्प लाइन, हिमाली बाल कल्याण संस्था, नौलो घुम्ती र फेडो नेपाल महिला सीप बिकास संघ, स्टार चिल्ड्रेन, डि सि डि ओ, ढिकुर पोखरी सामुदायिक बिकास समाज, नौलो बिहानी ले आफ्ना कार्यक्रम र बार्षिक योजना तथा कार्यक्रमको समिक्षा प्रस्तुत गरेका थिए।
उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदम पाहारी, जिल्ला शिक्षा समन्वय इकाई कास्कीका शाखा अधिकृत टंकराज बराल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सतिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


