Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति


ग्लोबल पाना
आइतबार, मंसिर २३ २०८१
  • 412
    SHARES

  • images
    रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं। सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौंपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो।

    images
    images
    images

    उक्त म्याद शुक्रबार रातिनै सकिएको भए पनि हिजो शनिबार परेकाले आज अदालत खुलेसँगै लामिछानेविरुद्ध छेटौँपटक म्याद थप्न लगिएको हो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीवरुद्ध फेरि हिरासत म्याद थप्न लगिएको हो।

    पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ