Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीले एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाई दिने


ग्लोबल पाना
आइतबार, मंसिर २३ २०८१
  • 421
    SHARES

  • images
    प्रधानमन्त्रीले एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाई दिने

    झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन्।

    images
    images
    images

    प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गरेका हुन्। कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो।

    प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरिन्। प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ