Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री पौडेल


ग्लोबल पाना
शुक्रबार, मंसिर २८ २०८१
  • 225
    SHARES

  • images
    जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री पौडेल

    कामठाडौं । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले, जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूणर् अङ्गको रुपमा बुझ्नलाई आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भने,‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रुपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन् । यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूणर् अङ्ग हो । महत्वपूणर् कडि हो भन्ने  राख्दछु । त्यसैले मुनाफाको लागि व्यवसायको रुपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रुपमा म सम्मान गर्न चाहन्छु ।’


    उनले अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए ।

    उनले भने,‘अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ । त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नु पर्‍यो । र यो छिटो कार्यान्वयनमा आउनुपर्‍यो भन्ने माग छ । यसतर्फ सरकारको ध्यान जाने छ ।’

    अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरुमा घर जग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ