Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

व्यवस्था परिवर्तन भएसँगै विकासको काममा बृद्धि भयो : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
शुक्रबार, मंसिर २८ २०८१
  • 211
    SHARES

  • images
    व्यवस्था परिवर्तन भएसँगै विकासको काममा बृद्धि भयो : उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएका छन्। शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए।

    images
    images
    images

    ञकेही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ। ०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो? थाहा नहुन सक्छ। आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ ,झ उपप्रधानमन्त्री सिंहले भने, ञव्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ।झ

    परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको बताए।

    त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री सिंहले मेडिकल सिटी अस्पतालको नवनिर्मीत भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूणर् योगदान पुर्याउने विश्वास व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ