Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बिजय लामा र गौरी मल्लको हातबाट भयो मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन


ग्लोबल पाना
आइतबार, मंसिर ३० २०८१
  • 183
    SHARES

  • images
    बिजय लामा र गौरी मल्लको हातबाट भयो मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

    काठमाडौं। मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् । सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताइन्।

    images
    images
    images

    यस्तै, उनले आयुर्वेदिक औषधि प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि राम्रो हुने बताइन्। उनले भनिन्, ‘परापूर्व कालमा बन्ने त्यो दबाईहरुबाट हाम्रो घरेलु उपचार गर्दै आउनु भएको थियो भन्ने एउटा प्रसंग आएको छ । यो प्राय हाम्रो उमेर समूहको मान्छेहरु सबैले गर्नु भएको छ जस्तो लाग्छ। हामीले त्यो प्रकारको औषधि खाएका पनि छौ र जानेर नजानेर त्यो उपचार पनि गरेका पनि छौँ ।

    हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ तर आयुर्वेदिक औषधिहरुले केही समय लिन्छ। यस्तो औषधीको लागि धैर्य राख्नुपर्छ । त्यस्तै क्याप्टेन लामाले आर्युवेद निकै पुरानो औषधी भएको र यसलाई बिकल्पका रुपमा राख्न नहुने बताए। नेपाल एयरलायन्समा ३८ वर्षसम्म जहाज उडाएका क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्याममा ध्यान दिनुपर्ने बताए।

    त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई नै विश्वास गर्नुपर्ने कुरामा जोड दिए। क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका बरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवणर् पौडेललाई हौस्याउँदै सधैं डटेर लाग्न भन्दै उत्साह समेत प्रदान गरे। सो अवसरमा डाक्टर पौडेलले मेदान्त आयुर्वेद हस्पिटलका बारेमा जानकारी दिँदै जम्मा १ सय रुपैयाँमा ओपीडी सुरु गरिएको जानकारी दिए।

    नयाँ र व्यबिस्थित बिल्डिगंमा उचित सेवा सुबिधासहित न्यूनतम मूल्यमा सुविधा दिइएको डाक्टर पौडेलले बताए । उनले डाक्टरले बिरामीलाई समय दिएजस्तै बिरामीले पनि खानपान र स्वास्थ्यका बारेमा पनि सचेत हुन जरुरी रहेको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ