Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कोरिया-नेपाल कूटनीतिक सम्बन्धको ५०औं वर्षगाँठ : सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


ग्लोबल पाना
आइतबार, मंसिर ३० २०८१
  • 230
    SHARES

  • images
    कोरिया-नेपाल कूटनीतिक सम्बन्धको ५०औं वर्षगाँठ : सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसरमा डिसेम्बर १४ मा ललितपुरको भिवान्ता होटलमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गरेका कोरियाली कम्पनीहरूले समाजप्रतिको दायित्व निर्वाह गर्न हालसम्म गरेका योगदान र भविष्यका योजनाका बारेमा जानकारी गराए।

    images
    images
    images

    आजको विश्व परिप्रेक्ष्यमा, व्यावसायिक संस्थाहरूले आफ्नो मुनाफाको कम्तीमा एक प्रतिशत सामाजिक उत्तरदायित्वका लागि खर्च गर्ने चलन रहेको छ। नेपालको सन्दर्भमा पनि पछिल्ला दशकहरूमा यस्ता कार्यक्रमको महत्व बृद्धि भएको देखिन्छ। यद्यपि, बैंक तथा वित्तीय क्षेत्रबाहेक अन्य व्यावसायिक क्षेत्रहरूले समाजप्रतिको दायित्व सीमित मात्रामा निर्वाह गरिरहेका छन्।

    कोरियाली कम्पनीहरूले जलविद्युत्, शिक्षा, ग्रामिण विकास, छात्रवृत्ति, पुल तथा पाटी पौवा निर्माणजस्ता क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै आएका छन्। विशेषगरी, साउथ ईस्ट पावर कम्पनी, सामसुङ, एस वाई प्यानल, र मान्दुमोजस्ता कम्पनीहरूले ग्रामिण क्षेत्रमा विद्यालय निर्माण, छात्रवृत्ति वितरण, र संरचनागत विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

    गणतन्त्र कोरियाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, नेपालमा प्रत्यक्ष लगानी गरेका कोरियाली कम्पनीहरूले आफ्नो कुल नाफाको एक प्रतिशतभन्दा बढी सामाजिक कार्यमा खर्च गरिरहेका छन्। यस्तो प्रयासले नेपालको सामाजिक तथा आर्थिक समस्याहरू समाधान गर्न सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ