Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रविविरुद्ध अनुसन्धान सकेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझायो


ग्लोबल पाना
सोमबार, पुस १ २०८१
  • 200
    SHARES

  • images
    रविविरुद्ध अनुसन्धान सकेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझायो

    कास्की। सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएको छ । प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

    images
    images
    images

    अब यो प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्नेछ । सो अभियोग पत्रको साथमा पेश गरिने प्रमाणका आधारमा अदालतले रविलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने निणर्य गर्नेछ । अभियोग पत्र दर्ता भइसकेपछि अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न भने पाइँदैन ।

    संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कात्तिक २ मा पक्राउ परेका थिए।

    नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ। त्यसपछि सरकारी वकिल कार्यालयले रविलाई कहिले अदालत उपस्थित गराउने भन्ने निणर्य गर्नेछ । अदालतले यसअघि दिएको ५ दिनको म्याद नसकिँदै उनलाई अदालतमा उपस्थित गराउनुपर्छ ।

    लामिछानेमाथि पोखराको सूर्यदर्शनसहित काठमाडौंको स्वणर्लक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारीबाट गोर्खा मिडियामा करोडौं रकम लगेर अपचलन गरेको अभियोग छ। कास्की प्रहरी हिरासतमा रहेकै बखत लामिछानेलाई सम्बन्धित जिल्लामा समेत लगेर बयान लिइसकिएको छ।

    लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी, गिजेन्द्रबाबु (जीबी) राईका साझेदार नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका-४ की लीला पछाईं र पोखराका कृष्ण गुरुङ प्रहरी हिरासतमा छन्। पक्राउ परेका भन्दा बाहेक ३५ जना जतिलाई फरार प्रतिवादी कायम गर्न राय दिने स्रोतले जनाएको छ। सूर्यदर्शन सहकारीकै रकम ठगी अभियोगमा अन्य पाँच जना कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

    सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ। साथै, जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रूपमा गोर्खा मिडियामा गएको प्रतिवेदनमा उल्लेख छ।

    सो प्रतिवेदनमा रविसहित जीबी राई, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी, सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेकामा जीबी अझै फरार प्रतिवादी हुन्। कुमारसहित सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी, शिवबहादुर गुरुङ, भविश्वर अर्याल यतिखेर कास्की प्रहरी हिरासतमा छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ