Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोरी किड्स एण्ड टिन ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले एवं 'राष्ट्रिय गौरव सम्मान' कार्यक्रम सम्पन्न


ग्लोबल पाना
सोमबार, पुस १ २०८१
  • 295
    SHARES

  • images
    ग्लोरी किड्स एण्ड टिन ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले एवं 'राष्ट्रिय गौरव सम्मान' कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को ग्राण्ड फिनाले मंसिर ३० गते राष्ट्रिय नाचघर, जमलमा भव्यताका साथ सम्पन्न भएको छ । यस प्रतियोगितामा लुब्ना चन्द विजेता घोषित हुनुभयो भने पुर्णिमा तिमल्सिना र बिपिका राई क्रमशः प्रथम र द्वितीय उपविजेता बन्नुभयो। विजेता चन्दले प्रतियोगिताको शिर्ष उपाधी सहित मस्ट चार्मिङ, बेष्ट पर्सनालिटी र बेष्ट पब्लिक स्पिकरको अवार्ड समेत हात पार्नुभयो ।

    images
    images
    images

    त्यसैगरि फस्र्ट रनर अप तिमल्सिनाले मस्ट ट्यालेण्ट एवं मष्ट ईन्टेलिजेष्टको अवार्ड आफनो नाममा पार्दा सेकेण्ड रनर अप राईले पब्लिक एण्ड पपुलारिटीको अवार्ड हात पार्नुभयो । प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाईजर च्वाईस, अबिना अर्याल मस्ट पपुलर च्वाईस र बेष्ट स्माईल अवार्ड विजेता घोषित हुनुभयो । त्यसैगरि सुवर्ण न्यौपाने भ्युवर्स च्वाईसतर्फको विजेता बन्न सफल हुनुभयो भने सकम्बरी बर्देवा मष्ट क्रियटिभ र बेष्ट वाककी विजेता बन्न सफल हुनुभयो।

    प्रतियोगितामा प्रयूष बोगटीले बेष्ट कस्टुम र मष्ट फोटोजेनिकको उपाधि जित्दा प्रसिका तामाङ मष्ट कन्फिडेण्ट, समृद्धि बिष्टमष्ट क्यारिष्म्याटिक, संस्कार भट्टराई बेष्ट एडाप्टिलिटी, सुप्रिम के.सी. अडियन्स च्वाईस, अनुष्का खत्री मष्ट डिसिपिलिन, सेल्स्ना थापा मष्ट डिटरमाईन, लुनिभा मघैंैया बेष्ट रोल मोडल, युनिशा राई मष्ट ईन्स्पाईरिङ, दिया बराल मष्ट केयरिङ र उपासना शाही मष्ट फ्रेण्ड्ली घोषित हुनुभयो। विजेताहरूले नगद पुरस्कार क्रमशः २५,०००, १५,०००, र १०,००० रुपैयाँका साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ।

    साथै, उहाँहरूसहित अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा सचेतना एनटिभी न्यूज कार्यक्रममा प्रस्तुत गर्न पाउने विशेष अवसर समेत पाउने हुनेछ। प्रतियोगितामा अन्तराष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्दै आएका मोडल दिपक घिमिरे, चर्चित रक तथा आधुनिक गायक, गितकार एवं संगितकार विनोद ढकाल, नेपाल चेम्बर अफ कमर्सकी निर्देशक तथा रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव श्रृष्टि त्रिपाठी, इभेन्ट अर्गनाइजर रवि लामा तामाङ, र मोडल तथा कोरियोग्राफर अश्विनी कोइराला निर्णायकको भूमिकामा हुनुहुन्थ्यो।

    अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यको अफिसियल कोरियोग्राफीमा सम्पन्न प्रतियोगीतामा प्रताप भट्टे ईभेण्ट संयोजक, सोमराज बास्तोला ईभेण्ट निर्देशक र शैलेस नेपाली व्यवस्थापक रहनुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ