Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सहकारी समस्या चाँडै हल हुन्छ : मन्त्री अधिकारी


ग्लोबल पाना
मंगलबार, पुस २ २०८१
  • 189
    SHARES

  • images
    सहकारी समस्या चाँडै हल हुन्छ : मन्त्री अधिकारी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको समस्या चाँडै समाधान गरिने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित सहरी सुशासन प्रवर्द्धन सम्बन्धी बागमती प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images
    images

    उनले सहकारीप्रति फिजाइएको भ्रमलाई चिर्न आवश्यक रहेको औंल्याएका छन्। ‘सहकारीप्रति फिजाईएको भ्रमलाई चिरेर सहकारी ठिक छ भन्ने सन्देश दिनेगरी सबैले कामभ गर्नुपर्छ। जति चाडो हामी यसतर्फ लाग्न सक्छौं, त्यति नै चाडो समस्या समाधान हुन्छ,’ उनले भने।

    समस्या समाधानका लागि सरकारले नमिलेका अप्ठ्यारा परिस्थितिलाई कानुनतः सच्याउने उनको प्रस्टोक्ति छ।

    उनले यही पुस २८ गते केही बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको भन्दै अब चाँडै सहकारी पीडित सबैको समस्या समाधान गरिने धारणा राखे।

    प्रदेशस्तरिय अभिमुखीकरण कार्यक्रम अहिले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरू र समस्याहरू समाधान गर्ने कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ