Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बुवाको चक्कु प्रहारबाट भक्तपुरमा छोराको मृत्यु


ग्लोबल पाना
बुधबार, पुस ३ २०८१
  • 181
    SHARES

  • images
    बुवाको चक्कु प्रहारबाट भक्तपुरमा छोराको मृत्यु

    काठमाडौं । भक्तपुरमा बुवाले चक्कु प्रहार गर्दा छोराको ज्यान गएको छ। भक्तपुर नगरपालिका-२ मा बस्दै आएका अछामको कमलनगर नगरपालिका-६, हात्तीबाचका ६३ वर्षीय दीपबहादुर शाही प्रहरीले छोराको हत्या आरोपमा पक्राउ गरेको छ।

    images
    images
    images

    उनले ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीमाथि मंगलबार राति घरायसी विवादका क्रममा चक्कु प्रहार गरेका थिए।

    बुवाले प्रहार गरेको चक्कु लागेर गम्भीर घाइते भएका नरेन्द्रको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। दीपबहादुरलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ