Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कोरिया भ्रमणमा मन्त्री भण्डारी, व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता


ग्लोबल पाना
बिहीबार , पुस ४ २०८१
  • 159
    SHARES

  • images
    कोरिया भ्रमणमा मन्त्री भण्डारी, व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता

    दक्षिण कोरिया । उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन फ्रेमवर्कमा सम्झौता भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले विहीबार कोरियाको राजधानी सिओलमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    images
    images
    images

    यस अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्वपूर्ण अवसरमा गरिएको ‘टीआइपीएफ’ सम्झौताले दुई देश बीचको कुटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रतिवद्धता समेत व्यक्त गरे ।

    मन्त्री भण्डारीका समकक्षी च्योङले दक्षिण कोरियाली कम्पनीहरुद्वारा नेपालमा सञ्चालन भइरहेका जलविद्युत, अटोमोबाइल एसेम्लीलगायतका क्षेत्रमा भएका लगानी तथा कार्यहरूको स्मरण गर्दै ‘टीआइपीएफ’ सम्झौताले दुई देश बीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पा सँगको सहकार्यमा सगरमाथाको सफल आरोहण गरेको उदाहरण दिँदै कोरिया र नेपाल अर्काको सहयात्री बन्नुपर्ने धारण राखे । नेपाल र गणतन्त्र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायी हरूको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा वैदेशिक लगानीको वातावरण र अवसर हरूको बारेमा प्रस्तुतीकरण गरे ।

    त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय द्विपक्षीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीले नेपालको व्यापार सम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा हाल भइरहेका सुधार बारे प्रस्तुतीकरण गरे ।

    कोरिया/नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, सिओल स्थित नेपाली राजदुतावास का साथै नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यावसायीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित करिब ३० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ