काठमाडौं, पुस ५ । लोकप्रिय गायक सुनिल नेपाली र इब्सल सञ्जालकाे नयाँ गीत "रुपकी रानी" को म्यूजिक भिडियो सार्वजनिक भएको छ। सुरेश नेपालीले निर्देशन गरेकाे यस गितमा सुन्दर शब्द र मधुर आवाजका कारण गीतले संगीतमै दर्शकहरुकाे मन जित्न सफल भएको छ।
सन्ताेष आचार्यकाे प्रस्तुती रहेकाे यस भिडियोमा मोडल सुनिता आग्री र कमल जेठाराले अभिनय गरेका छन्। सुरज थापाकाजीले छायांकन गरेकाे यस भिडियाेकाे शब्द रचना भने सुनिल नेपाली र थापाकमल विवेककाे रहेकाे छ ।
थापाकमल विवेकले भिडियाे सम्पादन गरेकाे यस भिडियोमा सुन्दर प्राकृतिक दृश्य र कलाकारको उत्कृष्ट अभिनय देख्न सकिन्छ, जसले यस गीतलाई अझ आकर्षक बनाएको छ।
दर्शकलाई श्रोताको भावनालाई समर्पित गरेर सिर्जना गरिएको यस भिडियोले नेपाली सांगीतिक क्षेत्रमा नयाँ अभ्यासलाई बढावा दिएको छ। गीतको शब्द र संगीतले प्रेम र सौन्दर्यको अद्भुत संसारलाई चित्रित गर्छ ।
पवन रानाभाटले मिक्स मास्टरिङ गरेकाे "रुपकी रानी"को म्यूजिक भिडियो हेर्न दर्शकहरूलाई युट्युवमा पनि सार्वजनिक गरिएको छ, जहाँ यसलाई लाखौँ दर्शकले हेरेका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


