Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

रविको पद निलम्बन गर्ने सभामुखको निर्णय विरुद्ध रास्वपा सर्वोच्च जाने


ग्लोबल पाना
मंगलबार, पुस ९ २०८१
  • 187
    SHARES

  • images
    रविको पद निलम्बन गर्ने सभामुखको निर्णय विरुद्ध रास्वपा सर्वोच्च जाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्ने सभामुख देवराज घिमिरेको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएको छ। सम्पत्ति शुद्धीकरणको कसुरुमा कास्की जिल्ला अदालतमा यो अभियोग पत्र दायर भएपछि सभामुख घिमिरेले  सोमबार लामिछानेको सांसद पद निलम्बन गरेका थिए। सभामुखको निर्णय विरुद्ध रास्वपा सर्वोच्च अदालतमा जाने रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए। श्रेष्ठले कानुनविद्‌सँग परामर्श गरेर सम्भवत आजै अदालतमा रिट दायर गर्ने जानकारी दिए।

    images
    images
    images

    लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा  २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ। ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो।

    सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ। उनमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ।

    कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएकाले सांसद पदबाट निलम्बन गर्न सभामुखलाई पत्र लेखेको थियो । कास्की प्रहरीको पत्र र कानूनविद्‌को रायका आधारमा सभामुख देवराज घिमिरेले सोमबार साँझ लामिछानेको सांसद पद निलम्बन भएको सूचना निकालेका थिए ।

    हिजै रास्वपाका तीन सांसदहरुले सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरेका थिए। पार्टीका प्रमुख सचेतक सन्तोष परियार र सांसदद्वय सोभिता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर छलफल गरेका हुन्.

    उनीहरुले संसद नियमावलीको प्रावधान देखाउँदै पुर्पक्षको सुनवाइभन्दा अगाडि नै निलम्बन नगर्न माग गरेका थिए। तर, सभामुख घिमिरेले सूचना निकालेपछि रास्वपा अदालत जाने भएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ