Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त गर्न प्रभाबकारी कार्य योजना बनाऔ : इन्चार्ज गुरुङ


ग्लोबल पाना
बुधबार, पुस १० २०८१
  • 278
    SHARES

  • images
    पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त  गर्न  प्रभाबकारी कार्य  योजना बनाऔ : इन्चार्ज गुरुङ

    १० पुष ,पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले उद्घाटन गर्नुभएको थियो ।गुरुङले आगामी निर्बाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टी निर्माणमा सल्ल्हाकाराहरूको महत्वपूर्ण भूमिका रहने र त्यसका लागि हर तरहले लागि पर्न आग्रह गर्नुभयो ।

    images
    images
    images

    पार्टी सरकारमा रहेको बेला सकारात्मक उपलब्धीको प्रचार प्रसार सहित पार्टीलाई दिशा निर्देश गर्न आग्रह गर्नुभयो । गुरुङले पार्टीका कार्यकारी कमिटीका संरक्षकका रूपमा रहेका सल्ल्हाकारहरूको सृजनात्मक सुझावले पार्टीले कमजोरी हटाउदै नयाँ उचाई निर्माणमा सहयोगी हुने जिकिर गर्नुभयो ।

    नेता कार्यकर्ताको सबलीकरणमा र सरकारका अंगहरूको प्रभावकारितामा समेत सल्लाहकारहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । पार्टी विरुद्धका कुनै पनि प्रकारका आक्रमण र अतिवाद परास्त गर्न प्रस्ट योजना सहित कार्य सम्पादनमा उत्रन आग्रह गर्दै इन्चार्ज गुरुङले बास्तबिक परिणाम निस्कने गरी हरेक तहका कार्यकर्ता लाग्नु पर्ने बताउनुभयो ।

    बैठकमा प्रदेश कमिटीका सचिब धनन्जय दवाडी, उपसचिव मन्जु अधिकारी, सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मी सहितले पार्टी नीति, कार्यक्रम र सल्लाहाकारको भूमिका सन्दर्भमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । एमाले प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार परिषदका सदस्यहरूलाई सपथ ग्रहण समेत गराइएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ