Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली कांग्रेस कामपा ४ मा १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बिहीबार , पुस ११ २०८१
  • 215
    SHARES

  • images
    नेपाली कांग्रेस कामपा ४ मा १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ ले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय अनुसार १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका वडा सभापति रामप्रसाद न्याैपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पूर्व मन्त्री एवम् नेता नरहरि आचार्यको उपस्थिति सहित स्थानीय तहका जनप्रतिनिधि र कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    images
    images
    images

    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेका जिल्ला , क्षेत्र , प्रदेश र नगरका सदस्यहरु, भातृ संस्थाका पदाधिकारीहरु, वडा समिति , टोल कार्य समिति , क्षेत्रीय प्रतिनिधिहरुको उपस्तितीमा १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ