Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ: प्रवक्ता डा.महत


ग्लोबल पाना
आइतबार, पुस १४ २०८१
  • 182
    SHARES

  • images
    नेपाली कांग्रेस विधि र नीतिमा अडिग छ: प्रवक्ता डा.महत

    नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् । नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवी कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए ।

    images
    images
    images

    प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको उनको दाबी थियो । साे अवसरमा डा. महतले आगामी २०८४ सालको चुनाव नुवाकोटबाट लड्ने घोषणा गरेका छन् । उनले भने, 'म ०८४ सालको चुनाव यहीं (नुवाकोट) बाटै लड्छु ।'

    प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल १ नंं क्षेत्रीय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ