Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कास्कीमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 234
    SHARES

  • images
    कास्कीमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया

    पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ।  कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो।

    images
    images
    images

    पौडेलले  स्वास्थ्य नागरिक नै सम्ब्रिद्दीको प्रमुख आधार भएको हुदा  नागरिक आरोग्य कार्यक्रम सहित आयुर्बेद स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।  कास्की सबै पालिकाहरूमा नागरिक आरोग्य कार्यक्रम मार्फत आयुर्वेदिक चिकित्सा पद्दतिलाइ प्रभाबकारी बनाउनुपर्ने बताउनुभयो । शारीरिक, मानसिक ,भावना,र सामाजिक स्वास्थ्य स्वस्थ्य जीबनका आधार परिष्कृत गराउन कार्यक्रम फलदायी भएको पौडेलले उल्लेख गर्नुभयो ।  

    कार्यक्रममा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्वेद चिकित्सा पद्धतिको बारेमा गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डाक्टर शंकर गौतमले अबधारणापत्र पेश गर्नुभएको थियो । सोहि अस्पतालका डाक्टर राम कृष्ण भुजेलले स्वास्थ्य जीबनको लागि योगाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक मंच पोखरा १७ का टोपराज ढुंगानाले वडास्तरमा नागरिक आरोग्य समिति गठन भए पनि प्रभाबकारी काम हुन नसकेको भन्दै वडा वडामा प्रभाबकारी कामका लागि थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्साल , जीबन बिज्ञान प्रशिक्षक शिक्षा बिकास केन्द्र गण्डकी प्रदेश संयोजक शंकर पोखरेल , सोही केन्द्रका प्रशिक्षक बासुदेब पौडेल सहितले सो बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रममा  कास्कीका पालिकाहरूका स्थानिय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ