Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भ्रष्टाचारको फाइल खोज्ने बिषयलाई धम्कीको बिषय नबनाउन गगन थापाको सुझाव


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 204
    SHARES

  • images
    भ्रष्टाचारको फाइल खोज्ने बिषयलाई धम्कीको बिषय नबनाउन गगन थापाको सुझाव

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको फाइल खोज्ने बिषयलाई धम्कीको बिषय बनाउन नहुने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षीबीच भ्रष्टाचारको फाइल खोल्ने बिषयमा आरोप प्रत्यारोप भएको देखिएकाले यसलाई धम्कीको बिषय बनाएका हुन्।

    images
    images
    images

    उहाले भष्ट्राचारका कुन कुन फाइल खोल्ने भन्ने बिषयमा सहमति नै गरि अघि बढ्न शीर्ष नेताहरुलाई सुझाव दिए। फाइलको कुरा सुन्दा सुन्दा नागरिकहरुपनि आजित भइसकेको र उनीहरुमा नेताहरुप्रति नकारात्मक सोच उत्पन्न भएको उनले बताए।

    निर्दोष कोही पनि नपर्ने र दोषी नउम्कने गरि भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउन प्रमुख दल तयार हुनुपर्ने उनको भनाइ छ। थापाको धारणापछि माओवादी अध्यक्ष प्रचण्डले प्रमुख नेताहरु सँगै बसेर समाधान निकाल्न उचित हुने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ