Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दूरसञ्चार प्राधिकरणले भन्यो, रोयल्टी पुस मसान्तसम्म बुझाइसक्नु


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 260
    SHARES

  • images
    दूरसञ्चार प्राधिकरणले भन्यो, रोयल्टी पुस मसान्तसम्म बुझाइसक्नु

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापत रकम बुझाउन कम्पनीहरूलाई पुस मसान्तसम्मको समय सीमा दिएको छ। प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै अनुमतिप्राप्त दूरसञ्चार सेवा प्रदायकलाई पुस मसान्तसम्म रोयल्टी बुझाइसक्न भनेको हो।

    images
    images
    images

    दूरसञ्चार नियमावली २०५४ अनुसार कुल आम्दानीको ४ प्रतिशत दरले रोयल्टी र २ प्रतिशत दरले दूरसञ्चार विकास कोषबापत रकम बुभाउनुपर्छ।

    नियमावलीको नियम २६ मा वार्षिक कुल आम्दानी भन्नाले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर तथा उपकरण बिक्रीबापत प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदायकले प्राप्त गरेको आम्दानीलाई जनाउँछ।

    कतिपय इन्टरनेट सेवा प्रदायकले उक्त व्यवस्था बमोजिम कुल आम्दानी गणना नगरेको भन्दै प्राधिकरणले सचेतसमेत गराएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ