Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

‘कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह’


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 216
    SHARES

  • images
    ‘कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह’

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको  कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । आज सिहंदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदुत स्मुलिक बाससँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलबीच ६५ वर्ष देखिको मैत्रीपुर्ण सम्वन्ध रहिआएको उल्लेख गर्दै दुई मूलूक बीच भएको कृषि क्षेत्रमा सहकार्य सम्वन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदुत समक्ष आग्रह गरेका हुन् ।

    images
    images
    images

    मन्त्री अधिकारीले नेपाल र इजरायल वीच सम्झौता भई कार्यन्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवाहरुलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे । इजरायलले नेपाली विधार्थीहरुलाई उपलब्ध गराउदै आएको छात्रवृतिले नेपालको  कृषि क्षेत्रमा महत्वपुर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको  विकासका लागि इजरायल सरकारसँग भएको सम्झौता अनुरुप सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनौट भैसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदुत समक्ष आग्रह गरेका छन् ।

    यस्तै, उनले करिव ५ हजार नेपालीहरु हाल इजरायलमा कार्यरत रहेको  र यसवाट उनीहरुको जिवनस्तरमा समेत सुधार आएको भन्दै आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे । 

    त्यस क्रममा राजदुत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए । राजदुतले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्घता पनि व्यक्त गरेको छ ।

    कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदुतले कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देशबीच भएका सहमतीहरुको कार्यान्वयनमा आफुले  ध्यान दिने पनि राजदुतले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ