Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौ जेसिजको ५५ औँ पदस्थापन : अध्यक्षमा घिमिरे


ग्लोबल पाना
आइतबार, पुस २१ २०८१
  • 249
    SHARES

  • images
    काठमाडौ जेसिजको ५५ औँ पदस्थापन : अध्यक्षमा घिमिरे

    काठमाडौं । काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    काठमाडौं जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई थप शशक्त र सुदृढ बनाउँदै लैजाने बताएका थिए । निवर्तमान अध्यक्ष अन्जिला खड्काले आफ्नो नेतृत्व वर्ष २०२५ का लागि काठमाडौ जेसिजबाट निर्वाचित अध्यक्ष श्याम कुमार घिमिरेलाई हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

    कार्यकारिणी उपाध्यक्षमा बसन्त तामाङ,गोविन्द ओझा,विकास श्रेष्ठ (मिलन) महासचिवमा नवराज भण्डारी कोषाध्यक्ष निरज कार्कि र, कानुनी सल्लाहकारमा करुणा थापा उपाध्यक्षहरु क्रमसः मनोज आचार्य,सुनिल श्रेष्ठ, सुमन मैनाली,प्रसिस पौडेल,दुर्गा थापा र दिपक लामिछानेलाई अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्यामकुमार घिमिरेले आफ्नो कार्यकालमा काठमाडौं जेसीज अझैं सशक्त भई अगाडि बढ्ने बताए । काठमाडौं जेसीजको संगठनलाई अझैं मजबुत बनाई आफ्नो कार्यकालमा युवाहरुलाई युवामैत्री कार्यक्रम ल्याउँछु र आर्थिक रुपले पनि बलियो बनाउँछु ।

    आफनो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजकाे आस्था र विश्वास अनुसार काम गर्ने पनि घिमिरेले उल्लेख गरे । कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्ष तथा जेसिज पुर्व अध्यक्षहरु,केन्द्रिय वर्तमान तथा पुर्व पदाधिकारीहरु लगाएतको बाक्लो उपस्थिती थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ