Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

स्वागत तथा विदाई कार्यक्रम कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पन्न


आइतबार, पुस २१ २०८१
  • 468
    SHARES

  • images
    स्वागत तथा विदाई कार्यक्रम कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्पन्न

    मिति: २०८० पुष २१, स्थान: कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU),

    images
    images
    images

    रामपुर, चितवन - कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) मा आज स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रा. डा. पुष्कर बहादुर पाललाई विश्वविद्यालयको नयाँ रजिष्ट्रारमा नियुक्ति भएकोमा हार्दिक बधाई दिइएको छ। आफ्नो सेवाआयोग सदस्यको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि उनले रजिष्ट्रारको जिम्मेवारी सम्हालेका हुन् ।

    यस अवसरमा AFUका प्रा. डा. ऋषिराम कट्टेलले प्रा. डा. पाललाई बधाई दिँदै भने, "तपाईंको नेतृत्वदायी क्षमता र नीतिगत तथा आर्थिक व्यवस्थादनमा रहेको अनुभवले विश्वविद्यालयको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उचाइमा पुर्‍याउनेछ।"

    यसैगरी, कार्यक्रममा प्रा. डा. कल्याणी मिश्र त्रिपाठीलाई AFUको सेवाआयोग अध्यक्षको रूपमा चार वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा उच्च सम्मान प्रदान गरियो। कार्यक्रममा विश्वविद्यालयका अन्य कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    सहभागीहरूले डा. पाल र डा. त्रिपाठीको नेतृत्व र योगदानको प्रशंसा गर्दै भविष्यमा पनि विश्वविद्यालयको प्रगति र विकासमा निरन्तर योगदान रहने विश्वास व्यक्त गरे। यस कार्यक्रमले विश्वविद्यालयको भावी सम्भावना र नेतृत्वदायी क्षमता प्रति उच्च अपेक्षा राखेको छै।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ