Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षा मन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित


ग्लोबल पाना
मंगलबार, पुस २३ २०८१
  • 219
    SHARES

  • images
    शिक्षा मन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित

    २२ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आउनु भएका नेत्र चापागाईंलाई भेटेर माग पुरा गर्ने प्रतिवद्दता जनाएपछि आन्दोलनकर्मी नेत्र चापागाईले आफ्नो आन्दोलन स्थगित गर्नुभएको छ । उक्त समयमा मन्त्री भट्टराइले शिक्षा क्षेत्र सुधारका लागि प्रक्रियामा प्रवेश गरिसकेकाले शंका नगर्न अनुरोध गर्नु भएको थियो ।

    images
    images
    images

    आर्थिक बर्ष २०८१/८२ बजेट तर्जुमा गर्दा अहिलेको सरकार नरहेका कारण सबै विषय सम्वोधन गर्न कठिन रहेको छ तथापि अहिले विपद् बाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका गर्न आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालय पेश भइसकेको बताउनु भयो । संस्थागत विद्यालयमा सरकारले तोकेबमोजिम छात्रवृति दिनका लागि अनिवार्य गराइएको, स्थानीय तहहरूलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराईने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि उक्त समयमा मन्त्री भट्टराईले बताउनु भएको थियो ।

    शिक्षामा अहिले देखिएका समस्याहरूको सुधार र यसबाट परिणाम आउन दिनका लागि सबैको साथ सहयोग आवश्यक रहेको कुरामा शिक्षा मन्त्रीले जोड दिनु भएको थियो । उक्त समयमा प्रतिनिधि सभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले नेपालको शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफलमा राखेको, अबको शिक्षाको मोडेल नेपालमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकोले सोहि अनुसार शिक्षा ऐेन ल्याउन नागरिकको धारणा समेत लिन खोजेको कुरा बताउनु भयो ।

    शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ