Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images
https://globalpana.com/AdminActivity/posts/create#news_priority

शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो


ग्लोबल पाना
मंगलबार, पुस २३ २०८१
  • 189
    SHARES

  • images
    शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

    काठमाडौं । चीनमा शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कले मृतकको संख्या बढेको जानकारी दिएको हो । यसअघि सिन्ह्वाले ३२ जनाको मृत्यु पुष्टि भएको बताएको थियो ।

    images
    images
    images

    मङ्गलबार बिहान तिब्बतको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा शक्तिशाली भूकम्पमा गएको थियो । चीनरा राष्ट्रपति सी जिनपिङले भूकम्पमा परेका जीवन बचाउन र हताहतीलाई कम गर्न उद्धारका सबै संयन्त्र प्रयोग गर्न निर्देशन दिएको सिन्ड्वाले जनाएको छ ।

    क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार उद्धार कार्य जारी छ र मृतक तथा घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ ।

    भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ