Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

संविधान संशोधनले सबै सस्याको समाधान गर्ने होइन : प्रदीप ज्ञवाली


ग्लोबल पाना
मंगलबार, पुस २३ २०८१
  • 218
    SHARES

  • images
    संविधान संशोधनले सबै सस्याको समाधान गर्ने होइन : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै सस्याको समाधान सम्भव नभएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाउनु राम्रो भए पनि त्यसले सबै समस्याको समाधान नगर्ने बताएका हुन्।

    images
    images
    images

    ‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौं। संविधान संशोधन सबै चिजको समाधान हुन सक्दैन,’ ज्ञवालीले भने।

    उनले संविधान निर्माणपछि केही महत्त्वपूर्ण उपलब्धि हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको बताए। तर, मुलुकमा रहेका धेरै समस्याको समाधान संविधान संशोधनबाट मात्र सम्भव नभएको उनको भनाइ छ।

    ज्ञवालीले संविधान आफैँमा गतिशील दस्ताबेज भएको र यसलाई अधिकतम लचिलो बनाउनुपर्ने उनको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ