Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव


ग्लोबल पाना
बुधबार, पुस २४ २०८१
  • 197
    SHARES

  • images
    खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

    धनगढी । खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताएका छन् । सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी आएका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘खानेपानीका क्षेत्रमा के के समस्या छन, म देश भरीमा अनुगमनका लागि दौडिरहेको छु । नागरिकलाई शुद्ध खानेपानी बितरण गर्ने मेरो पहिलो लक्षर उदेश्य हो । नागरिकको घर घरमा शुद्ध खानेपानी पुर्‍याउँछौँ ।’ सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले आम देशबासी नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउनु आफ्नो प्रमुख दायित्व भएको बताए ।

    उनले भने, ‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु । खानेपानीका क्षेत्रमा भएका समस्या बुझन म सुदूरपश्चिमको कैलाली आइ पुगेको छु । समस्या समाधान गरेरै छोड्छु ।’ मन्त्री यादवले पर्सा जिल्लावासी आम नगारिकहरुका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान गरिने समेत बताए ।


    उनले भने, ‘सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । सुदूरपश्चिमाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।’ आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेका उनको भनाई थियो ।

    उनले भने, ‘सरकारको एक घर एक धाराको अवधारणा छ । आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ । तराइँ, पहाड र हिमाली क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न मैले कुनै कसर बाँकी राखिने छैन् ।’

    पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उनको भनाई थियो ।

    आजको उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रष्ेठ लगायतको सहभागिता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ