सिड्नी, अस्ट्रेलिया — ३९ वर्षीय नेपाली महिला, दिक्ष्या दाहाल, शंकास्पद परिस्थितिमा मृत फेला परेकी छिन्। उनी लगभग छ दिन अघि सिड्नीको परामाट्टा स्थित एक अपार्टमेन्ट भवनको सातौं तला देखि लडेर मृत अवस्थामा भेटिइन्।
द डेली मेलका अनुसार, मृत्यु हुनु भन्दा दुई घण्टा पहिले उक्त अपार्टमेन्टबाट अस्ट्रेलियाको आपतकालीन नम्बर ००० मा कल गरिएको थियो। उक्त कलको क्रममा चर्का आवाज र तातो बहस सुन्न सकिएको थियो, तर कुनै संवाद भएको थिएन। आपतकालीन सेवा द्वारा पछिल्लो प्रयासमा पुनः सम्पर्क गर्न सकेनन्, अन्वेषक बेरी विन्सेन्टले जानकारी दिएका छन्।
घटनाको अनुसन्धान जारी रहेको छ र घटनासम्बन्धी थप जानकारीका लागि प्रहरीले अनुसन्धान बढाएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


